Monday, September 25, 2017

शून्य सहनशीलताको नीति अवलम्बन गर्ने

महेन्द्रनगर, धनुषा, ९ असोज  ः धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका नवनिर्वाचित प्रमुख योगेन्द्र पजियारले भ्रष्टाचारमुक्त नगर निर्माणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताउनुभएको छ ।

निर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदभारग्रहण कार्यक्रममा उहाँले भन्नुभयो – “ नगर क्षेत्रभित्र सञ्चालन हुने सम्पूर्ण प्रशासनिक तथा विकास निर्माणका कार्यमा पारदर्शिता कायम राखी शून्य सहनशीलताको नीतिअनुरुप भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडी बढाइने छु ।”

नगरप्रमुख पजियारले नगरपालिकाले सञ्चालन गर्दै आएका आर्थिक, समाजिक, भौतिक, साँस्कृतिक विकास कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर प्रत्येक वडा कार्यालयमार्फत घरदैलोमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने, शहरी सौन्दर्यता र वातावरणीय स्वच्छता, फोहोरमैला व्यवस्थापन, सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण, जग्गाको लगत संकलन गरी भूउपयोग योजना लागू, दिगम्बरपुरलाई कृषि पर्यटन क्षेत्रका रुपमा विकास गर्नेलगायतका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।

नवनिर्वाचित उपप्रमुख रचना माथेमाले संविधान र जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस नगरपालिकालाई हरेक दृष्टिबाट समृद्ध बनाउने कार्यमा लागिपर्ने बताउनुभयो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...