Sunday, September 17, 2017

बयानब्बे लाख अनियमितता गरेको आरोपमा भट्टराई निलम्बित

काठमाडौँ, १ असोज : भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले रु ९२ लाख तीन हजार अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराईलाई निलम्बन गरेको छ ।

मन्त्रालयले सरकारी कोषमा दाखिला गर्नुपर्ने रु ९२ लाख तीन हजार दाखिला नगरी अपचलन गरेको पाइएपछि आर्थिक अनियमितता गरेको अभियोगमा आजदेखि निलम्बन गरेको हो ।

भट्टराईले कार्यालय प्रमुख निर्वाचनमा खटिएको मौका पारी रकम अपचलन गरेका थिए । कार्यालयले पटकपटक ताकेता गर्दा पनि सरकारी राजस्वमा पैसा जम्मा नगरी पछिल्लो समय कार्यालयमा समेत अनुपस्थित भएपछि भट्टराई निलम्बनमा परेका हुन् ।

थप छानबिन गर्नका लागि यातायात व्यवस्था विभागले आजै अख्तियारलाई अनुरोध पत्र पठाएको विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो । अवकाश हुन केही दिनमात्र बाँकी रहेको बेला भट्टराईले राज्यको पैसा अपचलन गरेका थिए ।

विभागले पछिल्लो समय यातायात व्यवस्था कार्यालय कोशी, नेपालगञ्ज, महाकालीलगायतका कार्यालयमा यस्तो प्रकृतिका अभियोगमा कर्मचारीलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...