Monday, September 4, 2017

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

काठमाडौँ, १९ भदौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

आचारसंहिता लागू हुने नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, व्यक्ति निकाय तथा पदाधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको हो ।

आचारसंहिता फिर्ता लिएको भनी भ्रम सिर्जना गरिएकोप्रति थप स्पष्ट गर्दै आचारसंहिता कार्यान्वयन गर्न÷गराउन आयोग प्रतिबद्ध रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुने घोषणा भइसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...