Sunday, September 24, 2017

महोत्तरीमा राजपा बन्यो पहिलो दल, एमाले पाँचाै

८ असोज, महोत्तरी । स्थानीय तहको तेस्रो चरण अन्तर्गत महोत्तरीमा भएको चुनावको मतगणना सिकएको छ ।

 

१० नगरपालिका र ५ गाउँपालिकाका १३८ वडामा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ७२० पदको लागि कडा पतिस्पर्धा भएको थियो ।

महोत्तरीको अन्तिम परिणाम अनुसार राजपाले ७ प्रमुख, ९ उपप्रमुख र ३९ वडा जितेर पहिलो दल बनेको छ ।

यस्तै माओवादीले चार/चार वटा प्रमुख र २६ वडा जितेर दोस्रो भएको छ भने कांग्रेसले तीन जना प्रमुख र एक जना उपप्रमुखसहित ३७ वटा वडा जितेर तेस्रो भएको छ ।

महोत्तरीमा संघीय समाजवादी फोरम नेपालले एक/एक वटा प्रमुख र उपप्रमुखसहित २० वडा जितेको छ । एमाले भने जम्मा ८ वटा वडा मात्रै जितेर पाँचअ स्थानमा छ ।

महोत्तरीमा झन्डै ४२८९ उम्मेदवार निर्वाचनमा भाग लिएका थिए । तीन लाख ८४०९ मतदाता रहेको महोत्तरीमा ७३.३१ प्रतिशत मत अर्थात जुन एकलाख ९६ हजार ५५० खसेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...