Thursday, September 21, 2017

वहुराष्ट्रिय कम्पनीको चरम लापरवाही, पेप्सीको शिलवन्दी गरेको बोतल भित्र भेटियो खियाँ लागेको धारिलो ब्लेड [ हेर्नुहोस भिडियो सहित ]

भक्तपुर च्यामसिंह स्थित एक किराना पसलमा उपभोक्ता पेय पदार्थ पिउन छिरे । पेय पदार्थको रुपमा साहुजीले उनलाई पेप्सी दिए। पेप्सी पिउने क्रममा बोतल खोल्ने लाग्दा उनले खिया परिसकेको धारिलो ब्लेड फेला पारे।

उपभोक्ताले बताएजस्तै साच्चै नै पेप्सीको बोतलभित्र खिया लागिसकेको धारिलो ब्लेड थियो । धारिलो ब्लेडमात्रै होइन बोतलमा उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति र मूल्य समेत अस्पष्ट देखिन्थ्यो । पेप्सीको बोतलमा पेय पदार्थ, धारिलो खिया लागिसकेको ब्लेड र फिँज मात्रै छ । आँखाले देख्न सकिने ब्लेड त भयो नै आँखाले देख्न नसकिने कति अखाद्य वस्तु रहेको होला सजिलै अनुमान लगाउन सकिन्छ।

यो पेप्सीको बोतलको मात्र सवाल नभई बहुराष्ट्रिय कम्पनीको चरम लापरवाही र गम्भीर त्रुटीको उदाहरण हो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने सामाग्रीको गुणस्तरीयता र उपभोक्ता स्वास्थ्यको अवस्था स्पष्ट रुपमा देख्न सकिन्छ। यसो त पेप्सी मात्र होइन बेलाबेलामा विभिन्न किसिमका यस्ता अखाद्य वस्तु बोतल भित्र भेटिएको दृष्टान्त सार्वजनिक भइरहेका छन ।

हेर्नुहोस भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...