Saturday, September 9, 2017

मधेशका जनताको मुक्ति माओवादी केन्द्रले गर्ने ः पूर्वप्रम दाहाल

कलैया, २४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताको मुक्ति माओवादी केन्द्रले नै गर्ने बताउनुभएको छ ।

बाराको सदरमुकाम कलैयामा आज प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले केही पार्टीले तराई, पहाड, हिमालबीच फाटो ल्याउने काम गरेको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले) का कारणले संविधान संशोधन नभएको बताउँदै दाहालले माओवादी केन्द्र संघीयता र गणतन्त्रलाई मूलमन्त्र बनाई अगाडि बढेको स्मरण गराउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले संविधान संशोधन पारित गराएरै छाड्ने प्रतिबद्धता पनि सो पत्रकार सम्मेलनमा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...