काठमाण्डु । पछिल्ला दुई कार्यकालमा गैरआवासीय नेपाली संघले गरेका राम्रा कामबाट अन्तराष्ट्रिय ख्याती कमाइरहेका बेला संघका केही अगुवा र हुनेवाला अगुवाहरुवीच यसको शाख ध्वस्त पार्ने ग्राण्ड डिजाइन सुरु भएको छ ।
संघलाई दर्ता गर्ने, आफ्नै भवन बनाउने, भूकम्पमा उदाहरणीय राहत बितरण गर्ने र लाप्राक वस्ती बनाउने जस्ता कामले एनआरएन संस्थागत हुन लागेको ठानेर यसलाई भत्काउन यसका संस्थापक अध्यक्ष नै क्रियाशील भएको खुलासा भएको छ ।
त्यही डिजाइन अन्र्तगत भवन भट्टलाई अध्यक्ष बनाउने अभियान सुरु भएको छ । आफु अध्यक्ष बन्न पाउने सर्तमा भवनले संघले अहिलेसम्म थालेका संस्थागत विकाशका इट्टा भत्काउन ल्याप्चे लाइसकेको भवनकै निकट टीमले बताउने गरेका छन् । यो अभियानमा उपेन्द्र निकै आक्रामक रुपमा लागेका छन् भने जीवा लामिछाने लाचार छायाँ बन्दै हो मा हो मिलाउंदै हिड्न थालेका छन् ।
यतिबेला अर्का आकांक्षी कुमार पन्त भने डिप्रेसनको अबस्थामा छन् । जीवा लामिछानेमाथि भर गरेर अध्यक्ष लड्ने योजना बनाएका उनले आफ्ना मुख्य सारथीले नै उपेन्द्रसामु घुडा टेकेर भवनलाई अध्यक्ष बनाउने सहमति गरेपछि अहिले उनी झोक्राएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीसहित टीमसमेत बनाएका उनले पछिल्लो ग्राण्ड डिजाइनपछि मुख खोल्न सकेका छैनन् ।
किन असन्तुष्ट छन् उपेन्द्र ?
वास्तवमा एनआरएन संस्थागत बनेको उपेन्द्रलाई मन परेको छैन । उपेन्द्रको चाहना आफ्नो वरिपरि नै एनआरएन घुमिरहोस्, सघै स्रोतसाधन बिहीन दुःखी अबस्थामा रहोस् र आफुले अलिअलि पैसा दिएर संघ बचाइदिएको देखाउन पाइयोस् भन्ने थियो । संघ कमजोर बन्दा एनआरएन भनेकै उपेन्द्र महतो हो भन्ने देखाउन पाइने र संघको आबरणमा नेपालमा राजनीतिक पहुंच बनाइ लाभ लिन पाइने उनको विश्वास थियो । किनकी एनसेलको लाइसेन्स लिनेदेखि त्यसलाई बेचेर झण्डै ५० अर्ब रुपैयाँ आर्जन गर्नमा उनले यही पद र सम्बन्धले काम गरेको थियो । त्यसमा उनले एनआरएन अध्यक्षको पदको नाजायज फाइदा लिएका थिए ।
तर, पछिल्लो समयमा शेष घलेले अध्यक्षको पद सम्हालेदेखि नै अबैध लगानी र त्यसको नाजायज लाभका ब्यक्तिगत मुद्दामा पैरवी गर्नेगरी संघको दुरुपयोग हुन दिएनन् । उनी आफै शेराटन होटल निर्माणका क्रममा सरकारी निकायबाट निकै दुःख पाइरहेका छन्, तर कहिले पनि एनआरएन अध्यक्ष हुं, मेरो होटलमा यसो गरिदेउ भन्दै नेताहरुकहाँ धाएनन, त्यसैले उनको प्रोजेक्ट निर्माणमै दुई बर्ष ढिला हुने स्थीति आयो । वास्तवमा उपेन्द्र महतोले एनसेल कर छलीका पक्षमा संघको तर्फबाट लविङ गराउन खोजेका थिए तर त्यसलाई अध्यक्ष घलेले अस्वीकार गरिदिए ।
घलेले अगाडी सारेको स्वतन्त्र तथा स्वाबलम्बि एनआरएनको रोडम्यापलाई अगाडी बढन दिएमा एनआरएनए प्लेटर्फम सधैका लागि गुम्ने र पहुंचको प्रयोग गरेर आर्थिक लाभ लिने मोडल सदासदाका लागि समाप्त हुने ठानेपछि उपेन्द्रले शेष घलेका उम्मेदवार भनेर प्रचार गरिएका भवनसंग गोप्य डिल गरेका हुन् ।
यो डील अन्र्तगत शेष घलेले अगाडी सारेका संस्थागत विकाशका योजनालाई समाप्त पार्ने र आगामी पाँच कार्यकालसम्म अध्यक्षका उम्मेदवार तय गर्ने गरी सहमति भएको बुझिएको छ । भवनले काम गर्न सक्दैन भन्ने प्रष्ट छ तर शेषले अगाडी सारेका योजना भत्काउन उ जतिको सही उम्मेदवार हुन सक्दैन, दुई बर्षपछि त संघ पूर्ण रुपमा हाम्रै कब्जामा आउंछ भन्दै उपेन्द्रले भवनलाई सर्वसम्मत बनाउने लाइनमा रसियन लवीलाई कन्भिन्स गरेका छन् ।
के हो भवन-उपेन्द्र सहमति ?
शेष घलेले स्थापना गरेको लिगेसी अगाडी बढेमा संस्था बलियो हुने र ब्यक्ति हावी हुन नपाउने डर एनआरएनका पूर्व अध्यक्षहरुलाई छ । त्यसैले शेषले अगाडी सारेका नीति र कार्यक्रम असफल बनाउने पहिलो सहमति दुवैपक्षवीच भएको छ । जसमा अब भवनले भिजन २०२०, एनआरएन भवन र लाप्राकलाई सकेसम्म असफल बनाउने र नसके ती परियोजनामा खोट देखाउने अभियान थाल्नेछन् । आन्तरिक छलफलहरुमा भवनले अहिले नै लाप्राक र भवन निर्माणमा मेरो सहमति थिएन भन्न थालिसकेका छन् ।
दोस्रो सहमति हो आगामी पांच कार्यकालसम्म आफुले चाहेका कमजोर पात्रलाई अध्यक्ष बनाउने र पृष्ठभूमीमा उपेन्द्र र जीवाको संयुक्त प्यानलले संस्थालाई जता भन्यो उतै लैजाने । शेष घलेको नीतिलाई समर्थन गर्नेहरुलाई पदाधिकारीमा आउनै नदिने गरी उनीहरुले सेट निर्माण गरेका छन् । भवनले भने आफु अध्यक्ष बन्न पाए अग्रजहरुको निर्देशनअनुसार काम गर्ने र पदाधिकारीमा जो भए पनि फरक नपर्ने भन्दै आत्मसर्मपण गरेका छन् ।
होस्ल्याङे स्वभावका भवनलाई सजिलै भनेअनुसार हिडाउन सकिनेमा विस्वस्त भएपछि उपाध्यक्षदेखि सचिवसम्मको टीमको नाम उपेन्द्र र जीवाले तय गर्दैछन् । उपाध्यक्षमा कुमार पन्त, महासचिवमा बद्री केसी, महिला उपाध्यक्षमा बद्रीकै पार्टनर सपिला राजभण्डारी, कोषाध्यक्षमा कुल आचार्य लगायतलाई कन्र्फम गरिसकेका छन् ।
शेषको नीति र उनका सारथीहरुलाई सखाप पार्ने तर आफु शेषकै उम्मेदवार भएको भ्रम छर्न सफल भएका भवन पछिल्ला दिनमा भने अप्ठेरोमा परेका छन् । संस्थागत विकाशको अभियानलाई ध्वस्त पार्ने डिजाइनमा सहमति गरेकाले आफुले भवनलाई समर्थन नगर्ने शेषको संकेत पछि यतिबेला शेषका सारथीहरुले पनि भवनको टीमबाट हात झिकेका छन् । जसले गर्दा यतिबेला उनी पूर्णरुपमा रसियन लवीमा भर पर्नुपर्ने अबस्थामा छन् ।
यो डिजाइन सफल भएमा….
यदि यो डिजाइन सफल भएमा आगामी दिन एनआरएनले अगाडी सारेका परोपकारी र संस्थागत विकाशका काम धरापमा पर्नेछन् । लाप्राक परियोजना अलपत्र पर्नेछ, भवन निर्माण रोकिन सक्नेछ । संस्थालाई केही सिमित ब्यक्तिको वरिपरि हिडाउन कोसिस हुनेछ ।
वास्तविक र नेपाली समुदायले लाभ पाउने भन्दा पनि एयरपोर्ट सफाइ जस्ता पब्लिसीटी स्टन्टले मिडियामा छाउनेछन् । एनसेल बेच्दा उपेन्द्रले कमाएको पैसा ट्याक्स लिन पाइन्न भन्दै एनआरएन नेतृत्व राजनीतिक दलको दैलो चहार्नेछन् । र अन्ततः गैरआवासीय नेपाली संघको इमेज ब्रोकर अर्थात दलालको हैसियतमा झर्ने छ ।
सन् २०११ अगाडी नेपालमा एनआरएनलाई दशैैंमा रमझम गर्न आउने झुण्डको रुपमा प्रचार गरिन्थ्यो । तर, पछिल्ला बर्षहरुमा उल्लेखनीय काम भएपछि एनआरएनप्रति विश्वास र आशा बढेको थियो । जुन, आगामी दिनमा फेरि भत्किने अबस्था आउने छ ।
No comments:
Post a Comment