Tuesday, September 26, 2017

काभ्रेमा बोलेरो जीप दुर्घटना, ६ को मृत्यु, ११ घाइते

१० असोज, काभ्रे । काभ्रेको रोशी गाउँपालिका-३ शिखरआम्बोटेस्थित निङगालेमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बनेपाबाट डाँडापारि जाने क्रममा विहान ११ बजेतिर बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटना हुँदा चार महिला र एक पुरुषको मृत्यु भएको हो ।

 

दुर्घटनामा काभ्रे महाभारत गाउँपालिका २ बस्ने ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया मेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीया कुमारी जिम्बाको मृत्यु भएको हो । मृतक अर्का एक जना पुरुषको सनाखत भएको छैन ।

सोही गाडीमा सवार ८ वर्षीया बालिका कृष्टिना मोक्तान हराइरहेको र उनको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका काभ्रे महाभारत २ बस्ने ८ वर्षीय अभिषेक तामाङलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

गाडिमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान छ । उक्त गाडी दशैं मान्न जानेहरुले रिजर्भ गरेर लगेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...