बाल्टिमोर , गैरआवासीय नेपाली संघको आसन्न आठौं विश्व सम्मेलनमा संघले अगाडि सारेको मार्गचित्र ‘भिजन २०२० एण्ड बियोण्ड’ प्रमुख मुद्दा हुने भएको छ । संघका अध्यक्ष शेष घलेले अघिल्लो वर्ष अमेरिकाको न्यूजर्सी क्षेत्रीय सम्मेलनमा पेश गरेको यो मार्गचित्रलाई आगामी नेपालमा हुने विश्व सम्मेलनमा अनुमोदनका लागि पेश गरिनेछ ।
अध्यक्ष घलेले भिजन २०२० लाई उच्च प्राथमिकता को साथ सिङ्गो संस्थाको हितमा हुने हुनाले उक्त मार्गचित्रलाई रुपमा प्रस्तुत गर्न थालेका छन् । केही दिन पहिले बेलायतमा आयोजित कार्यक्रममा उनले संघको प्रष्ट मार्गचित्रलाई आत्मसात नगरे संघप्रतिको आशा र बिश्वास तासको घरझैं ढल्नसक्ने चेतावनी दिएका थिए ।
शनिवार एनआरएन अमेरिकाको बाल्टिमोर को छैठौ साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष घलेले भिजन २०२० नामक मार्गचित्रलाई अझै जोडका साथ उठान गरे । अध्यक्ष घलेले गैरआवासीय नेपाली संघ संस्थागत हुने कि कुनै एक ब्यक्तिको वरिपरि घुम्ने भन्ने कुरा गैरआवासीय नेपालीहरुले छनौट गर्नुपर्ने बताए ।
‘यदि हामीले अबको १० वा २० वर्षमा संस्था कस्तो बनाउने भन्ने योजना बनाउन सकेनौं, त्यही अनुसारको पद्धति बनाउन सकेनौं भने संस्था केही सिमित ब्यक्तिको वरिपरि घुमिरहने छ भने आम गैरआवासीय नेपालीहरु निश्चित ब्यक्तिको इसारामा चल्नुपर्ने बिडम्बनापूर्ण स्थिति आउने छ ।’ घलेले सवैलाई बिशेष ध्यानाकर्षण गराए
आफ्नो कार्यकाल अब को ३० दिन मा सकिने भन्दै अध्यक्ष घलेले भने-‘तर, सानोतिनो सुधारले हाम्रो संस्थाप्रतिको आशा र बिश्वासलाई धान्न नसक्ने ठानेर नै मैले गत बर्षको न्यूजर्सी सम्मेलनमार्फत् भिजन २०२० एण्ड बियोण्ड नामक एक मार्गचित्र पेश गरेको हुँ, मलाई बिश्वास छ यो नै आम गैरआवासीय नेपालीको साझा मार्गचित्र हो ।’
सो योजनालाई साकार बनाउन २०२० लाई सफल कार्यन्वयन गर्नुपर्ने भन्दै उनले आगामी बिश्वसम्मेलनमा संस्थालाई रुपान्तरण गर्ने मार्गचित्रका पक्षमा आफ्नो मतादेश दिन गैरआवासीय नेपालीहरुलाई आह्वान गरे
No comments:
Post a Comment