Saturday, September 16, 2017

दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री

गाईघाट(उदयपुर), ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताउनुभयो ।
उहाँले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।
उक्त पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले बताउनुभयो ।
उक्त पुल राष्ट्रिय योजना आयोगको रु २२ करोड २५ लाखको लागतमा निर्माण हुनगइरहेको छ भने पुलको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाँैले निर्माण कार्य शुरु गर्न लागेको हो ।
२०७६ साल चैतमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले समेत सम्बोधन गर्नुभएको थियो ।
आजै प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमापर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गर्न लाग्नु भएको कुरा नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीले बताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...