Thursday, September 28, 2017

पुरुषोत्तम र गीताको स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं, ८ असोज । दशैं तिहारको पूर्व सन्ध्यामा सर्जक तथा गायकहरु दशै गीत बजारमा पठाउनमा व्यस्त छन् । ओखलढुङ्गे सर्जक तथा गायक पुरुषोत्तम सत्यालले ‘दशैं आयो तिहारै आयो’ बोलको गीत बजारमा ल्याएका छन् ।

 

एमपि क्रियशनको प्रस्तुति तथा अण थापालको दशैं गीतको शब्द अण थापाकाले रचना गरेका हुन । पुरुषोत्तम सत्याल र गीता ढुंगेलको स्वर रहेको गीतको लय गायक पुरुषोतम सत्यालको रहेको छ ।

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा तयार पारिएको गीतको भिडियो सुरेश श्रेष्ठले छायांकन गरेका छन् । मधुकर थापा र सिम्रन केसीको अभिनय रहेको गीतको भिडियो दिपक बिष्टले सम्पादन गरेका हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...