Friday, September 8, 2017

संघीयता पहिचान र विकासको मेरुदण्ड हो : नेता श्रेष्ठ

महोत्तरी, २३ भदौ । संघीयता भनेको फेसन नभई पहिचान र विकासको मेरुदण्ड रहेको नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताउनुभएको छ ।

बिहीबार साँझ महोत्तरीको गौशाला नगरपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले संघीयताका लागि मधेशी जनताले विभिन्न समयमा आन्दोलन गर्दा देशमा संघीयता लागू भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आगामी मंसिरमा हुने दुई चरणको चुनावले देशमा संघीयता लागू हुने र सोबाट जनआन्दोलनका शहीदको सपना साकार हुने बताउनुभयोे ।

प्रदेश नं २ मा जनता माओवादी केन्द्रमा विश्वास गर्दै आएका कारणले धमाधम मधेशी नेता माओवादी केन्द्रमा प्रवेश गर्दै आउनु यसको प्रत्यक्ष उदाहरण रहेको धारणा राख्नुभयो । माओवादी केन्द्रले आगामी निर्वाचनमा पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...