Sunday, September 10, 2017

जेन्टल हर्ट फाउण्डेशनद्वारा विद्यालयलाई सहयोग

सगुनटोल, चितवन, २५ भाद्र ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोल स्थित श्री पृथ्वी मा.वि. सालघारी शाखालाई जेन्टल हर्ट फाउण्डेशन काठमाडौंले सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बस्नको लागि असुविधा भएकोले फाउण्डेशनले कक्षाकोठामा विद्यार्थीहरु बसेर अध्ययन गर्नको लागि १२ थान म्याट, स्टेशनरी र विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको लागि खेलकुद सामाग्री उपलब्ध गराएको थियो ।

जेन्टल हर्ट फाउण्डेशनका अध्यक्ष अर्जुन ढकाल, सदस्य पुरुषोत्तम न्यौपाने, शोभा ढकाल, चितवन शाखा प्रमुख ईश्वर कुमार श्रेष्ठले पृथ्वी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश अर्याल र सालघारी शाखा प्रमुख शशीकला दाहाललाई संयुक्त रुपमा सो सामाग्रीहरु हस्तान्तरण गरेका थिए । फाउण्डेशनद्वारा यस अगाडि पनि सो विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई झोला, स्टेशनरी र जाडोमा लगाउने न्यानो कपडा उपलब्ध गराइएको थियो भने विद्यार्थीहरुकै लागि पानी छान्ने फिल्टर, कम्प्युटर पनि उपलब्ध गराएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...