Saturday, September 2, 2017

क्रिय नारी चेतना सहकारीको साधारण सभा

 

लेसिमल भाद्र १७, चितवन ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल स्थित सक्रिय नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि. को सातौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको अध्यक्ष अनन्त कुमारी तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा व्यवस्थापक मञ्जु दाहालले भावी नीति तथा कार्यक्रम र लेखा संयोजक कविता लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो साधारण सभामा शेयर सदस्यका छोराछोरी मध्येबाट एस.इ.इ. परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने अनिस धमला र दिपिका पौडेललाई पुरस्कृत गरिएको थियो । यस्तै संस्थाका असल ऋणी कमला बास्तोला, माया लामा र ज्येष्ठ शेयर सदस्य मन कुमारी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि एवम् कालिका नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, अतिथिहरु वडा सदस्य तथा सल्लाहकार बालकृष्ण अधिकारी, वडा सदस्य दशरथ सापकोटा, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सचिव भिम प्रसाद खनाल, जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिपक लामिछाने, बछ्यौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भागीरथी घिमिरे, संस्थाका सल्लाहकार रामकृष्ण लम्साल, पत्रकार शिशिर सिंखडा, शेयर सदस्य चन्द्रकला रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी कञ्चन दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका ६, मिलिजुली चोकको पनि २०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, लेखा समिति संयोजक गिरीराज के.सी. लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष हरि प्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल्ली प्रसाद बजगाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...