Sunday, September 10, 2017

मुलुक निर्वाचनमय बनेको छ : सञ्चारमन्त्री

नवलपरासी, २५ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताउनुभएको छ ।

नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको छ भन्नुभयो ।

तराईका जिल्लामा आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...