Tuesday, September 19, 2017

निर्वाचनपछि मुलुक आर्थिक विकातर्फ :सिँचाइ मन्त्री

नवलपरासी, ३ असोज : सिँचाइ मन्त्री सञ्जय गौतमले आसन्न प्रदेश र संघीयको निर्वाचनपछि मुलुक आर्थिक विकासतर्फ अघि बढ्ने बताउनुभएको छ ।

नवलपरासीको गैंडाकोट नगरपालिकाको अमरापुरीमा आजदेखि सुरु भएको प्रथम ऐतिहासिक अमरापुरी महोत्सवको उद्घाटन गर्दै मन्त्री गौतमले दुवै निर्वाचनपछि मुलुकको आर्थिक अवस्था थप सुदृढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गौतमले यस क्षेत्रको विकासका लागि सरकार संवेदनशील रहेको बताउँदै समृद्ध समाज र समृद्ध नेपाल आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।

मन्त्री गौतमले नारायणी नदीको तटबन्धको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउँदै भारतसँग सीमा जोडिएको सुस्तादेखि नारायणी नदीका समस्या कुटनीतिक ढंगबाट समाधान गर्न आफ्नो पहिलो कार्य हुने बताउनुभयो ।

चितवन राष्टिय निकुन्जको गिद्धेनीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न, लक्ष्मी उच्च माविको स्वर्ण स्तम्भ निर्माण र पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका साथ अमरापुरी महोत्सव आयोजना गरिएको संयोजक विवेक न्यौपानेले बताउनुभयो ।

महोत्सबमा लोकदोहोरी कार्यक्रम, कृषि तथा पशुपक्षी प्रर्दशनी, जैविक विविधता प्रर्दशनी, हात्ती सफारीलगायतका आर्कषण रहेको संयोजक न्यौपानेले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...