Monday, September 4, 2017

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा सकृय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालको आयोजना तथा ब्लड डोनर्स अफ अमेरीकाको सहयोगमा आयोजित रक्तदान कार्यक्रम सनीबार सम्पन्न भयो ।

नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा १४ नेपाली र १ स्थानीय गरि जम्मा १५ जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल, समाजसेवी बुद्धी लामीछाने, सुदर्शन अधिकारी, डा. पंकज तिम्सिना, मणी बस्नेत, रमेश कोईराला, श्रीराम लुईटेल ,रोहित श्रेष्ठ, लुना पौडेल, प्रज्ञा गहतराज, रोजिना ताम्राकार, ज्योती सुनुवार र स्थानीय मार्शा क्यासटिल रहेका छन् ।

आयोजक संथाका अध्यक्ष बिनोद त्रीपाठीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ ।

रक्तदान कार्यक्रम सफल पार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउं उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेले बताएका छन् ।

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताउछन् । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुन्छ । कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...