Saturday, September 2, 2017

मलाई एक पटक पुन: काम गर्ने मौका दिनु हुनेछ : शुसिल कुमार रेग्मी ,एनआरएन अमेरिका आइसीसी सदस्यका उम्मेदवार

 

 

 

आगामी अगस्त ५ र ६ तारिखमा हुने एनआरएन अमेरिकाको निर्वाचनको लागि म एनआरएन अमेरिका आइसीसी सदस्यको उम्मेदवार शुसिल रेग्मी सम्पूर्ण एनआरएन अमेरिका का मतदाताहरुलाई एक पटक पुन: मलाई मतदान गरि बिजयी गराउन बिशेष अनुरोध गर्दछु l

यो भन्दा अगाडी पनि यहाँहरुको माया ले आफु कार्यकारी समिति को सदस्यमा निर्वाचित गराउनु भएको थियो l मैले उक्त पदमा रही केहि काम गर्ने मौका पाए l मैले पटक पटक सामाजिक संजालमा उक्त कुरा राखेको छु l र आफ्ना प्रतिबद्धताहरु सार्बजनिक गरेको छु l

अहिले आफ्ना कार्यसुची राख्नु भन्दा निर्वाचन को संघारमा धेरै कुरा राख्न चाहन्न l म यहाँ हरु कै मान्छे हु l काम गर्न सदैव उत्साहित छु l यहाँहरुको भावनालाई उच्च कदर गर्दै मेरा आफ्ना ,यहाहरुका कार्यसूची तथा नेतृत्वले लिएर हिडेका तथा सामुहिक कार्यमा मेरो सहयोग हुने छ र सोहि अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु

अन्त्यमा ,पुन: एक पटक म शुसिल कुमार रेग्मी २०१७ -२०१९ का लागी एनआरएन आइसीसी सदस्यको उम्मेदवार पदमा मलाई अमूल्य मत दिई बिजयी गराई दिन हुन अनुरोध छ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...