Wednesday, September 27, 2017

वाशिंगटन डीसीमा राष्ट्रिय दिवस २०१७ यसरी भव्यताको साथ सम्पन्न(श्रव्य दृश्य तथा बिशेष छायाचित्रहरु )

संविधान जारी भएको दोस्रो वार्षिकी तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले वाशिंगटन डिसीमा गत सेप्टेम्बर २६ तारिखका दिन एक स्वागत कार्यक्रमको आयोजना गर्नु भयो । उक्त अवसरमा राजदूत कार्कीले उपस्थित विशिष्ट पाहुनाहरुलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा राजदूत कार्कीले बोल्दै भर्खर सम्पन्न स्थानीय निकायको निर्वाचन मार्फत नेपाल संविधान कार्यान्वयनको गतिमा अगाडि बढेको उल्लेख गर्दै संविधानले समावेशी प्रजातान्त्रिक व्यवस्था, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, समानुपातिक प्रतिनिधित्व र कानूनी शासनको प्रत्याभूति गरेको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन सँग वासिङ्गटन डी.सी मा हालै भएको अमेरिकी डलर ५ सय मिलियन को सहायता सम्झौताबाट नेपालले विद्युत र सडक क्षेत्रको पूर्वाधार विकासमा अधिकतम लाभ लिनुपर्ने कुरामा जोड दिनुभयो ।

साथै उहाँले नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धको ७० औ वर्षगाठ पुगेको अवसरमा दुई देशबीच सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै अमेरिकाले नेपाललाई स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पूनर्निर्माण, पूर्वाधार लगायतका क्षेत्रमा गर्दै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो l

सोही अवसरमा बोल्दै पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीले संविधानको सफल कार्यान्वयनबाट नै लोकतन्त्रिक व्यवस्थाको सुदृढीकरण तथा जनताको विकासको चाहना पूरा हुने व्यक्त गर्दै अमेरिकी सरकारको सहयोग र सद्भावप्रति आभार प्रकट गर्नुभयो ।

सो अवसरमा अमेरिकी सरकारको विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियन मामला विभाग सम्बन्धि कि कार्यबाहक सहायक सचिब आलिस जी वेल्स ले आफ्नो हृदयमा नेपाल विशेष स्थानमा रहेको बताउनु हुदैं नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा अमेरिकन परराष्ट्र मन्त्रि रेक्स टिलरसन ,उपसचिव जन जी सुलेभन तथा थोमस एस्यानोन बाट शुभकामना व्यक्त भएको बताउनु भयो।

साथै, उहाँले नेपाल र अमेरिकबीचको न्यानो सुमधुर सम्बन्धको ७० औं यो वर्ष सन् २०१७ मा भरखरै हस्ताक्षर भएको एमसीसीको कम्प्याक्ट कार्यक्रमबाट नेपाल र अमेरिकाबीचको सम्बन्धमा अझ प्रगाढता आएको बताउनु भयो। उहाँले हालै सम्पन्न स्थानीय निकायको निर्वाचन मार्फत नेपाल संविधान कार्यन्वयनको दिशामा अगाडि बढेकोमा खुसी व्यक्त गर्दै यसले नेपालको प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत गर्न तथा नेपालको समग्र विकास प्रक्रियालाई गति दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै वेल्स ले नेपालको विकास, पुनर्निर्माण कार्यमा अमेरिकी सरकारको सहयोग र समर्थन रहने कुरा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा विदेश मन्त्रालय का वरिष्ठ पदाधिकारी,व्हाइट हाउस ,अमेरिकन काग्रेस ,मिलेनियम च्यालेञ्ज कर्पोरेसन ,अमेरिकाका बाणिज्य प्रतिनिधिहरु ,पिस कर्प्स ,विचार मंचका पदाधिकारीहरु, वासिङ्गटन डि.सी स्थित कुटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरु, नेपाली डायस्पोराका प्रतिनिधिहरु एवं राजदूतावासका कर्मचारीहरु समेत गरी करिब ४ सय जना जति उपस्थित रहेको थियो।

कार्यक्रम अवधिभर पर्यटन प्रवर्द्वनात्मक पोस्टर तथा प्रदर्शन हरुद्वारा सजिएको कोलम्बिया विश्व बिद्यालयको ग्रान्ड बलरुम कोमा नेपाली कला, संस्कृति झल्कने नृत्य तथा पर्यटन प्रवर्द्वन सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत भएको थियो। यसको साथै डीसी महानगर क्षेत्रका बालबालिकाहरुका नेपाली संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...