Sunday, September 24, 2017

विश्व शेर्पा सम्मेलन धार्मिक हो कि जातीय?

हरेक मानिसहरुलाई आफ्नो सम्प्रदायको मायाँ, चासो र त्यो समदुदयप्रतिको चाहना र जिम्मेवारी बोध हुनु अति नै सकारात्मक र आवश्यकता पनि हो  विश्वको सबै देशहरुमा यो हुनेपनि गर्दछन (कोहि खुलेर कोहि अदृश्य भएर) विश्वको कुरागर्दा आफ्नो देश प्यारो लाग्छ देश भित्र आएपछि आफ्नो बसोबासको ठाउँ राम्रो लाग्छ र त्यो भित्र पनि आफ्नै गाउँ राम्रो लाग्छ त्यसैले यो मनावीय प्रविती हो भन्ने म ठान्दछु तर कति मानिसहरु र जातिय अहंकार वा बिबिध आरोप लगाउने गर्दछ तर यो गलत हो र छ (यदि यो सकारात्मक उदेश्य र भेदभाव रहित हुनेहो भने)

यस्तै आरोप हरेक मानिसहरुलाई आफ्नो सम्प्रदायको मायाँ, चासो र त्यो समदुदयप्रतिको चाहना र जिम्मेवारी बोध हुनु अति नै सकारात्मक र आवश्यकता पनि हो यस्तै आरोपको विचमा अहिले हुने भनिएको शेर्पा विश्व सम्मेलन पनि अछुत भने छैन अरुहरुले जे भने पनि शेर्पा समुदायले आफ्नो जातिलाई बदलिदो विश्व सित सहज तरिकाले सामना गर्न र यो भित्र आफ्नो असल कुराहरुको विकाश गर्न र साथै शेर्पा समुदायको परम्परागत अशल थोकको संरक्षण र खराब कुराको दुर गराउने गरि यो सम्मेलन हुन अतिनै आवश्यकता छ

हामी शेर्पाहरु सोजो र इमान्दार जतिको रुपमा जसरि विश्वमा छवि बनाएको छ त्यो कुराको अझ मजबुती दिनलाई पनि यो सम्मेलनको आवश्यक छ वास्तबमा भन्ने हो भने शेर्पा अन्तराष्ट्रिय ब्रान्डको रुपमा परिचित छ र नेपाल घुमेका विदेशीहरुले सबै जातिलाई चिन्दैनन् तर शेर्पा चाही नचिनी आफ्नो देश फर्कदैन यसैले पनि हामी जहाँ छौ त्यंह बाट हाम्रो समुदायको परिचय दिनसक्नु पर्छ यो कुरा बुझौनालाई पनि यो सम्मेलन ठिक छ

तर यो सम्मेलन खास व्यक्तिहरुलाई पद र मान पाउन वा कसैलाई छि छि -दुर दुर गर्नको लागि जस्तो देखिन गयो भने यो सम्मेलनको खास कुनै अर्थ हुनेछैन हरेक कुराको त्यो बेला इज्जत र सम्मान हुन्छ जतिबेला एकता देखिन्छ

यो सम्मेलनले एकतालाई नै प्रमुख मान्न जरुरि छ यदि यसो गरिएन भने कसैको इछ्य अनुसारको सानो झुण्ड बाहेक केहि हुनेवाला छैन मैले देखे अनुसार हामी शेर्पाहरुको भाषामा एकता यहि कुरा लाई लिएर एक जना सोलुखुम्बुको दाईले अन्त ठाउँको त शेर्पा नै होइन भन्नुभएको तितो अनुभव म सित छ यस्ता मानिसहरु गम्भीर र अहम रोगि भएको मैले पाएँ र अहिले आएर केहि यस्तै तर अलिकति फरक व्यक्तिहरु सतहमा आएको देखियो जसले धार्मिक झन्डा हल्लाएर आफु फोस्रो चर्चा कमाउने खेति गर्ने प्रयास गरिएको छ

धर्म एउटा व्यक्तिको आश्था हो शेर्पा हिन्दु हुनसक्छ र हजारौ शेर्पाहरु हिन्दु छन् त्यस्तै शेर्पा ख्रिष्टियन हुनसक्छ र हजारौ शेर्पाहरु ख्रिष्टियन छन् र तिनले आफ्नो समुदायको भाषिक चर्च स्थापना गरि आफ्नो भाषाको ठुलो एकता ल्याने कम गरेका छन् र त्यहाँ आफ्नो समुदायको चिन्ता मात्र होइन चिन्तन पनि गर्ने बुध्दिजीवि र समाजसेवीहरु छन् यसलाई दबाउन खोज्नु भनेको

कस्तुरीले आफ्नो बासना थाहा नपाएर दौडी हिड्नु जस्तै हो  ख्रिष्टियनहरु र अरु धर्म अंगालेकाहरुलाई यो सम्मेलनमा भाग लिन दिनुहुन्न भन्ने महानुभावहरुलाई मेरो यो प्रश्न छ तपाइलाई देश धर्म निरपेक्ष भएको हेर्न मन पर्ने तर व्यक्तिको धार्मिक स्वतन्त्र माथिचाहीं बुरुक्क उफ्रेर बोल्न कतिको जायज छ जस्तो लाग्छ? त्यसैले जात एउटा बिषय हो तर धर्म नितान्त छुटै बिषय हो थाईल्याण्डको थाई मान्छे बुद्धिस्ट हुनसक्छ तर शेर्पा हुनसक्दैन यो शेर्पा सम्मेलन हो भने जसले जुन धर्म र नागरिकता वा भूगोल ओगटेर बसेका छन् हरेको यो सम्मेनमा स्थान होस् होइन भने यो सम्मेलनको नारा र नाम परिवर्तन गरि धार्मिक सम्मेलन भन्दा कसैको पनि आपत्ति छैन म आयोजकहरुलाई यो अनुरोध गर्दछु हरेक देश र समुदायमा त्यस्ता मुसाहरु हुने गर्छ जसले प्वाल बनाउन बाहेक अरु केहि जान्दैनन् यो सम्मेलनलाई पनि प्वाल बनाउन खोज्ने प्रयत्न भएको प्रति यंहहरुको ध्यान पुगेको हुनुपर्दछ अन्यथा भोलि नेपालमा रहेको शेर्पा मात्र यस्ता सम्मेलनमा भाग लिन पाउनुपर्छ

युएइ बसेर वा अमेरिका अथवा युरोप बसेर शेर्पाको सम्मेलनमा भाग लिन सकिन्दैन भन्ने मानिसहरु निक्लिदैना भन्न सकिन्न

यो सम्मेलन धर्म ठाउँ र वर्ग भन्दा माथि उठेर समग्र शेर्पाहरुको शिक्षा र देशको उपल्लो निकाय सम्म पुगेर वा जहाँ आफ्नो उपस्थिति छ त्यहाँ बाट कसरि देश र आफ्नो जतित्व प्रति सचेत र सकारात्मक व्यक्तिहरु निर्माण गर्न सकिन्छ भन्ने तर्फ केन्द्रित भएको सुन्न र देख्न सकुँ

मिन्मा शेर्पा
हाल डेनमार्क

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...