Friday, September 1, 2017

टेलिफोनको गुणस्तर सुधार गर्न पहल गर्छु : सञ्चार राज्यमन्त्री

सुर्खेत, १६ भदौ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सुर्खेतसहित प्रदेश नं ६ का जिल्लामा टेलिफोन सेवाको गुणस्तर वृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पञ्चपुरी नगरपालिकामा स्थानीय बासिन्दासँग कुरा गर्दै राज्यमन्त्री विष्टले अवरुद्ध टेलिफोन सेवालाई आगामी दशँैंसम्म सञ्चालनमा ल्याउन प्रयास गरिने बताउनुभयो ।

यसैबीच गत शुक्रबार राज्यमन्त्री नियुक्त भएपछि आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका विष्टलाई स्थानीयवासीले स्वागत गर्दै भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यका दृष्टिकोणले पछाडि परेको सो क्षेत्रको विकासका लागि आफ्नो प्राथमिकतामा राख्न मन्त्री विष्टलाई आग्रह गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...