Thursday, September 7, 2017

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

दोलखा, २३ भदौ । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।

कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । ंकालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने बुढाथोकीलाई गिरप्mतार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोे छ ।

बिगु गाउँपालिकाअन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा कामको सिलसिलामा पुगेका ढुङ्गेललाई बुढाथोकीले एक्कासि पछाडिबाट खुकुरी प्रहार गरेका थिए । ढुङ्गेललाई पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बुढाथोकीलाई सिङ्गटीबाट नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका ढुङ्गेललाई अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको थियो ।

सदरमुकाम चरिकोटका अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको नर्भिक अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...