Sunday, September 17, 2017

गैरआवासीय नेपाली संघ अमेरिकाको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

 

बाल्टिमोर, गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को नवनिर्वाचित राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ l यसको साथै अमेरिका भर रहेका अन्य राज्यमा खुलेका शाखाहरुका पदाधिकारी र समितिका निर्देशकहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले संयुक्त रुपमा पदभार र गोपनीयताको शपथ ग्रहण गराईन l

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ का अन्तर्राष्ट्रियका अध्यक्ष शेष घले लगायत अन्य पदाधिकारी ,राजदुत अर्जुन कुमार कार्की तथा अन्य विशिष्ट व्यक्तिहरुलाई साक्षी मान्दै सपथ ग्रहण गरेका छन् l

नव निर्वाचित सवै पदाधिकारीहरुलाई प्रमुख अतिथि अर्जुन कुमार कार्की ,अध्यक्ष शेष घले लगायत अन्यले प्रमाण पत्र बितरण गरे l उद्घाटन समारोहमा सम्बोधन गर्नेहरुमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की(विधा वारिधि )एनआरएनए आईसिसी अध्यक्ष शेष घले, छैठौं वार्षिक साधारण सभा संयोजक एवं एनआरएन अमेरिका उपाध्यक्ष रबिना थापा, एनआरएन अमेरिकाको अध्यक्षमा पुन: दोश्रो पटक निर्वाचित चिकित्सक केशब पौडेल, महावाणिज्यदूत प्रेम राजा महत, अन्तर्राष्ट्रिय उपाध्यक्ष कुमार पन्त, अन्तर्राष्ट्रिय महासचिव बद्री केसी(बिद्या वारिधि )अन्तर राष्ट्रिय समन्वय समिति महिला संयोजक सपिला राजभण्डारी, नेपाली जनसम्पर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, प्रवासी नेपाली मंच अध्यक्ष प्रभु थापा, एएनए अध्यक्ष मेदिनी अधिकारी, बाना अध्यक्ष अनु श्रेष्ठ वन्त, समाजसेवी डा श्याम कार्की, एनआरएन अमेरिका उपाध्यक्ष डिल्ली भट्टराई ,राष्ट्रिय प्रजातन्त्र दलका प्रेम श्रेष्ठ लगायत थिए । छैठौ साधारण सभाको कार्यक्रम संचालन डा. वर्षा मोक्तानले गरेकि थिईन् ।

एनआरएन अमेरिकाको अध्यक्षमा पुन: दोश्रो पटक चिकित्सक केशब पौडेल निर्वाचित को साथै २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी, १०७ जना निर्विरोध निर्वाचित भएका थिए l सपथ ग्रहण कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ अमेरिका का पूर्व वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले गरेका थिए l

एनआरएन अमेरिका का लागि अध्यक्ष पदमा चिकित्सक केशव पौडेल दोश्रो पटक निर्वाचित भएका थिए l यसै गरि वरिष्ठ उपाध्यक्ष सुनिल शाह ,क्षेत्रीय उपाध्यक्षमाहरुमा जेदु पोख्रेल ,राधा पौडेल ,राम कुमार सुबेदी ,उमा कार्की थापा ,महासचिब बाबुराम लामा ,सचिब होम नाथ गौतम ,महिला संयोजक इन्दिरा त्रिपाठी ,कार्यकारी समिति सदस्यहरु अमृत कट्टेल ,आङ्ग ग्याल्जेन ,अरुण बन्जाडे ,बिन्दु सापकोटा ,दिव्या केसी ,गोपेंद्र भट्टराई , कृष्ण लामिछाने ,प्रिती सगर खत्री,संजय थापा ,तृष्णा शर्मा तथा बिष्णु बहादुर शाह को उपस्थिति रहेको थियो l

यसै गरि अन्तर राष्ट्रिय सदस्यमा बिजयी हुनेहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला ,बलराम थापा ,बेदराज बस्नेत ,बिष्णु मान प्रधान ,धर्म भट्टराई ,गोमा सेन तथा प्रकाश सापकोटा को पनि उपस्थिति रहेको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...