लस भेगासमा नरसंहार गर्ने ६४ बर्षिय स्टेफेन प्याडक नामक बन्दुकधारीले चलाएको अन्धाधुन्द गोलि चलाउदा कम्तिमा ५९ को ज्यान गएको छ भने ५ सय २७ जना भन्दा ज्यादा घाइते भएको पछिल्लो समाचार छ l
प्रहरीले व्यापक खोजतलास गर्ने क्रममा उनि संग आफु बसेको अतिथि गृह तथा घरमा ४२ वटा बन्दुक पाएको खुलाशा गरेको छ l यसको साथै उनि संग अन्य विस्फोटक पदार्थ पाईएको समेत जानकारी दिएको छ l
प्रहरीले उनका प्रेमिकाको खोज तलास र सोधपुछ गर्ने प्रेस गर्दा उनि जापान पुगेको खबर संचार माध्यममा प्रहरीले जनाएका छन् l बन्दुकधारी स्टेफेन प्याडक आफैले गोलि हानि मारेका छन् l प्रहरीले एक एक कोठा को खोज तलासी गर्दै जाँदा उनको कोठामा पुग्दा उनि मरी सकेको जनाएको छ l
उनका भाई आश्चर्यमा परेका छन् भने उनि पुर्व लेखापाल थिए l तासको पोकर खेलमा १ सय डलर को खेल्ने समेत समाचार छ l अहिले सम्म गोलि चलाउनु को रहस्य खुल्न आएको छैन भनि सीएनएन ले लेखेको छ l यति का बन्दुक कसरी अतिथि गृहमा पुर्याए भन्ने प्रहरी नै छक्क परेका छन् l छिमेकीहरुले समेत राम्रो मानिस लागेको बताएका छन् भने उनका पिता बैंक लुटपाट गर्ने अपराधिक गतिबिधिमा संलग्न भएको र जेलमा परेको समाचारहरुले लेखेका छन् l बन्दुक धारी स्टेफेन को अहिले सम्म कुनै अपराधिक गतिबिधिमा संलग्न नभएको प्रहरीले जनाएको छ l
उने अक्टोबर १ तारिख नेभादा राज्यको लस भेगास को राती १० बजेको समय तथा अमेरिकाको पूर्वीय समय राति १ बजे बन्दुकधारी द्वारा अन्धाधुन्द गोलि चलाएका थिए l घाइतेहरु मध्ये केहिको गम्भीर अवस्थामा पनि रहेको समाचारमा जनाइएको छ l
उनले ३२ औ तलामा झ्याल फोडी अन्धाधुन्द स्वचालित बन्दुक चलाएका थिए भने उनलाई बन्दुक बेच्ने पसलले पनि उनि एक सरल मानिस हुन् भने अन्तर्वार्तामा भनेका छन् l भोलि बुधबार अक्टोबर ४ तारिखका दिन राष्ट्रपति डोनाल्ड ट्रंप लस भेगास भेगास जाने भएका छन् l
No comments:
Post a Comment