Thursday, October 26, 2017

एटलान्टामा वाक एण्ड रन !!

नेपालमा आएको विनासकारी भूकम्पले घरबार बिहिन भएका भुकम्पपिडितको पुनर्वासको लागि सहयोग गरिरहेको संस्था “ संग संगै ” र नेप्लिज एसोसिएसन अफ ज़र्जियाको आयोजनामा यही आउँदो आईतबार (अक्टोबर२९ , २०१७ ) का दिन ज़र्जियाको एटलान्टामा वाक एंड रन कार्यक्रमको आयोजना गरिंदै छ । नेपालको विभिन्न ठाउँमा भूकम्पपिडितको लागि पुनर्निर्माण र पुनर्वास गराउंदै आएको संस्था संग संगैले यसपटक काभ्रे जिल्लाको बुरुण्डी गाउँ पुनर्निर्माणको लागि सहयोग जुटाउनको लागी यस वाक एण्ड रनको आयोजना गर्न लागेको हो ।

विनासकारी भूकम्पपिडितको सहयोगार्थ तत्कालिन समयमा ३३ हजार अमेरिकी डलर साथै अत्यावस्यक औषधि तथा प्राथमिक राहतको लागि सहयोग गरेको नेप्लिज एसोसिएसन अफ ज़र्जियाले फेरी पनि गाउँ पुनर्निर्माणको लागि लागि संस्था संग संगैलाई सहयोग गर्न लागेको हो । बिदेशमा रहेर नेपाल र नेपालीको सुख दुखमा सदैब साथ दिनको लागि संस्थाको सुरुवात गरिएको र एटलान्टा र आसपास रहनुहुने सम्पूर्ण नेपालीहरुलाई यो कार्यक्रमलाइ सहयोग गरिदिनुहुन नेप्लिज एसोसिएसन अफ ज़र्जियाका बर्तमान अध्यक्ष केशव शर्माले सबैमा अनुरोध गर्नुभएको छ । साथै कार्यकममा सहभागी हुनको लागि सबैले अनलाइन रजिस्टर गरेर आयोजक हरुलाई सहयोग गरिदिनुहुन आयोजक कमिटिका कुमार के सी ले सबैमा आग्रह गर्नुभएको छ ।

साथै वाक एण्ड रनलाइ प्रायोजन गरेर आफ्नो र आफ्नो संस्थाको नाम लेखाउनुहुन आयोजक कमिटि सबैमा अनुरोध गर्दछ ।

कार्यक्रमको थप जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोला ।
http://bit.ly/2hc8F1Urunfornepal/

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...