Saturday, October 28, 2017

चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने – मन्त्री केसी

काठमाडौँ, ११ कात्तिक ः युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले काठमाडौँ उपत्यकाको बस्ती विकासमा ऐतिहासिक महत्व बोकेको चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने बताउनुभएको छ ।

आकाश भैरवनाथ गुठीले कीर्तिपुर नगरपालिका–६ चोभारमा करिब रु १२ लाखको लागतमा निर्माण गरेको ‘पाटी’ को आज उद्घाटन गर्दै मन्त्री केसीले काठमाडौँबाट नजिकै रहेको त्यस क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्य तथा सम्पदास्थलको संरक्षण गरी पर्यटनको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कीर्तिपुर नगरपालिका प्रमुख रमेशमान महर्जनले मुलुकको पहिलो विश्वविद्यालय रहेको कीर्तिपुर तथा त्यस आसपास क्षेत्रमा पूर्वाधार विकास निर्माण हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

गुठीका अध्यक्ष शरदकुमार डंगोलले आफ्नो संस्थालाई विगतमा रुख तथा काठजन्य वस्तु त्यस जंगलबाट उपलब्ध गराइएकाले त्यहाँका स्थानीयवासीका लागि सम्झनास्वरुप पाटी बनाइएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२४ स्थित इन्द्रचोकमा ठड्याइएको करिब ३२ फिटको लिंगो सोही स्थानबाट लगिएको बताइएको छ ।

ऐतिहासिक नगरका रूपमा रहेको चोभारमा निर्मित उक्त पाटीबाट जलविनायक, मञ्जुश्रीले काटेको गल्छी, स्थानीय भ्यू प्वाइन्टलगायत स्थानलाई नजिकबाट दृष्यावलोकन गर्न सकिन्छ ।

काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणमा रहेको चोभारमा जलविनायक तथा आदिनाथ मन्दिर लगायत धार्मिक सम्पदा छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...