Friday, October 27, 2017

फुटबल खेलको निहुँमा मृत्यु

चरीकोट, १० कात्तिक  ः दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलको निहुँमा दुई युवा पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की मृत्यु भएको छ ।
कार्कीको काठमाडाँको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको आज १० दिनपछि उपचारका क्रममा निधन भएको हो । घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

कार्कीको हत्यामा संलग्न बिगु गाउँपालिका–२ ओराङका २८ वर्षीय विमल आचार्य र २२ वर्षीय महेश्वर आचार्यलाई पक्राउ गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...