Thursday, October 26, 2017

नेमकिपाले चुनावी तालमेल नगर्ने

भक्तपुर, ९ कात्तिक : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताउनु भएको छ ।

नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेको समयमा बिजुक्छेले आज भक्तपुरका सञ्चारकर्मीलाई आफ्नो पार्टी कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने बताउनु भयो ।

‘थ्रेस होल्ड’को आलोचना गर्दै उहाँले यसको नेमिकपाले प्रतिरोध गर्ने भनाई राख्नुभयो । जातजातिको कुरा गर्ने जातीय पार्टी, धर्मको कुरो गर्ने धार्मिक पार्टी र देश विदेशको विषय उठाउने राष्ट्रिय पार्टी हुने टिप्पणी गर्दै उहाँले भन्नुभयो, “नेमकिपा हिजो पनि राष्ट्रिय पार्टी थियो, आज पनि छ र भोलि पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले राष्ट्रिय पार्टी हुन्छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...