काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजावादीहरुले सोमबार राजधानीमा जुलुस निकालेका छन् ।हिन्दु अधिराज्य पुर्नस्थापना आन्दोलन समितिको ब्यानरमा राजधानीको शान्तिबाटीकादेखि माइतीघरसम्म जुलुस निकालिएको हो ।
शान्तिबाटीकाबाट माइतीघरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र रहेको नेपाली सेनाको मूल्यालय अगाडी समेत रोकिएर उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता चर्का नारा लगाएका थिए ।
तिहारको भाइटीकाको दिन पूर्वराजाले आफ मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका थिए । एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरेका थिए ।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देश सरकारबाट गत कार्तिक ४ गते भाइटीकाको दिन राष्ट्रको अस्थिर,अदूरदर्शी राजनैतिक क्रियाकलापका कारण नेतृत्व बिहिन बन्दै गएको मुलुकको दुरावस्था,राष्ट्रको स्वाधीनता एकता र अखण्डता अनि नेपाली जनताको स्वाभिमान र धर्मसंस्कृति माथि आइपरेको संकट बाट चिन्तित होइबक्सेर विशुद्ध राष्ट्र र जनताको निम्ति यदी जनताले चाहेको खण्डमा आफू पुनः देश र जनताको रक्षार्थ जिम्मेवारी लिन तथा कुशल नेतृत्व प्रदान गर्न तयार रहेको हुकुम सन्देशको स्वागतमा बिभिन्न राष्ट्रबादी संघसंस्थाका प्रतिनिधि तथा स्वतस्फूर्त स्वतन्त्र राष्ट्रवादी राजभक्त नागरिकहरूको उपस्थितिमा आज २०७४ कार्तिक ६ गते सोमबार अपराह्न ४ बजे काठमाडौं रत्नपार्क शान्तिबाटीकामा भेला भएर सयौंको संख्यामा शुरू भएको र्याली रत्नपार्क,पुरानो बसपार्क,भद्रकाली हुदै नेपाली सेनाको मुख्यालय प्रेटोलपम्प छेउको बाटो माइतिघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो भने कोणसभामा पश्चात साँझ दीप प्रज्वलन गरी समापन गरिएको थियो।
अब त राष्ट्र र हामी सबै जनता अनी हाम्रै मौलिक धर्म संस्कृति र परम्परा को रक्षार्थ संबैधानिक राजसंस्था को पुनस्र्थापना गरौं गर्नैपर्छ ।अब त जनता आउ राजा ल्याउ देश बचाउ।
No comments:
Post a Comment