Sunday, October 29, 2017

एनपीपीए को अध्यक्ष पदमा राजु जोशी निर्वाचित

डीसी महानगर क्षेत्रमा २६ बर्ष पहिले नेवा संस्कृति ,भाषा ,कला र परम्परालाई जगेर्ना गर्ने उद्देस्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको २६ औ बार्षिक उत्सव बाट अध्यक्ष पदमा राजु जोशी निर्वाचित भएका छन् l

आगामी २०१७ -२०१९ सम्म को लागि राजु जोशी अध्यक्ष तथा अन्य पदमा सबै उम्मेदवारहरु सर्बसम्मती बाट निर्वाचित भएका छन् l संस्थाका पूर्व अध्यक्ष लक्ष्मण प्रधान प्रमुख निर्वाचन आयुक्त रहेका थिए भने उनले निर्बिरोध बिजयी भएको घोषणा गरेका थिए l

जोशी अध्यक्ष पदमा निर्वाचित भए पछि उनले मन्तब्य राख्दै सबैको सहयोगको अपेक्षा गरेको भन्दै यस संस्थाको गरिमा र समुदायमा खेलेको भूमिका प्रति प्रतिबद्ध रहेको बताए l आफ्नो समितिले अन्य संस्था संग मिलेर काम गर्ने पनि उल्लेख गरेका छन् l

उनले नेवा संस्कृति र नेवा भाषा लाई जगेर्ना गर्नु पनि आफ्नो मुख्य कार्यसूची रहेको बताएका थिए l नयाँ कार्यकारी समितिमा सभापतीमा राजु जोशी निर्वाचित भएका छन् भने उपसभापतीहरुमा मनोहर श्रेष्ठ तथा बुद्ध महर्जन निर्वाचित भएका छन् l

यसै गरि महा सचिवमा कृतिश्मा श्रेष्ठ तथा कोषाध्यक्षमा एलन महर्जन् निर्वाचित भएका छन् l यसै गरि सदस्यहरुमा शान्ती श्रेष्ठ ,मगन श्रेष्ठ ,सरिता डङ्गोल राजु तमोट ,सुमन तुलाधर ,सराना श्रेष्ठ ,सूचना प्रबिधि(आई टि) प्रबन्धक अनघ श्रेष्ठ तथा चित्रात्मक चित्रकार (ग्राफिक डिजाइनर)मा निलेस महर्जन निर्वाचित भएका छन् l

अधिकांश पदाधिकारीहरु समिति भित्र बाट नै निर्वाचित भएका छन् भने केहि अनुहारहरु नया निर्वाचित भएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...