Monday, October 30, 2017

पशुपालनबाट करोडौ कमाउने यो परिवार 

नेपालमा पछिल्लो समय कृषि र पशु पालन ब्यबसायमा धेरै सम्भावना देखेर धेरैको आकर्षण बढेको छ | पोखरा महानगरपालिकामा अगाडी देखि नै गाइ पालन गर्दै आएका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ का बिश्वोरमण अधिकारी र उनका परिवारका सबै सदस्य नै गाइ पालनमा लागेका छन् | पोखरा लेखनाथ महानगर वडा नम्बर १ मा जग्गा भाडामा लिएर ब्यबसायिक गाइ पालन सुरु गरेका अधिकारी परिवारले पछिल्लो समय यही पेशा बाट मनग्य कमाइ गरेका छन् |
अधिकारी आफ्नो पेशा प्रति सन्तुष्ट भएको र सबैलाई यो पेशा मा आउन आग्रह गर्छन | त्यस्तै उनका ३ छोरा पनि बाबाको यही पेशा मा सहयोग गर्दै आएका छन् | साउदी अरब मलेसिया कतार लगाएतका देशहरुमा गएर पसिना बगाएर २०/५० हजारको लागि मरिहत्ते गर्नु भन्दा आफ्नै देशमा पशुपालनमा लाग्दा जिबन स्तर उकासिने र मनग्य कमाइ हुने उनीहरुको विश्वास छ |
बिश्वोरमण र उनका छोराहरुको अनुभव र प्रगतिको पाइला र उनीहरुको सफलता बारे उनीहरु के भन्छन त ? त्यस्तै उनीहरुको सफलताको पछाडी के छ त रहस्य यो भिडिओ पुरा हेर्नुहोस |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...