Monday, October 30, 2017

गुल्मीमा माइक्रो बस दुर्घटना सातको मृत्यु, छ घाइते

गुल्मी, १३ कात्तिक ः बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो ।

दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो ।

घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उहाँले बताउनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना रएकामा अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...