Saturday, October 28, 2017

बरिष्ठ पत्रकार किशोर दा ले अमेरिकाका नेपालीहरुको घरमा खसिको मासु र टन्न २ थाल भात खाएको पनि भुले छन ?

नेपालीहरुले भात अमेरिकामा खाएर स्टोरमै काम गरे पनि किशोर नेपाल जस्ता पत्रकार अमेरिका आउँदा त्यहिंबाट दुईथाल भात पस्केर ख्वाएकै थिए, त्यति मात्रै होईन किशोर दा लाई समस्या पर्दा पनि पैसा सापट दिएकै थिए त । नेपालीहरु अरु देशमा गए जस्तै अमेरिकामा आएर आफ्नो हातको नङ्ग्रा खियाउँछन, मेहनत गर्छन दुई पैसा जोरजाम गरेर आफ्नो परिवार र मातृभुमी प्रति समर्पित गर्छन ।

त्यहि अमेरिकामा बस्ने नेपालीहरुले दु:ख गरेर पठाएको पैसाले नेपालको घर परिवार, समाज, जिल्ला र राष्ट्र चलेको छ । स्टोरमा काम गर्ने एक नेपाली नेपाल आउँदा १० देखि २० लाख खर्च गर्छन, नेपालमै बसेर नेपाल राष्ट्रको लागि तिमीले कहिल्यै सुको खर्च गरेका छौ र ? बरु उल्टै लुटेका छौ ।

किन गर्भ गर्न सक्दैनौ अमेरिकामा मेहनत गरेका नेपालीहरु देखी ? अरुले गरेको खराब कुराहरुलाई देखाएर मेहेनती नेपालीहरुका हातहरुसंग किन ठोस्छौ ? राष्ट्रपतीको छोरीले स्टोरमा एकदिन काम गरेको फोटो हालेर नेपालीले सिक्नु पर्ने पाठ भनेर किन लेख्छौ मेहनती नेपालीहरुलाई अपमान हुने गरि ? किन चल्दैन तिम्रा कलमहरु जाहाँ नेपालीहरुले दिनरात खटेर काम गरिरहेका छन, बिदेशीहरुले पनि नेपालीहरुबाट सिक्नु पर्ने पाठहरु भनेर ? संसारमा कुनै माईकलाल देखाउ जो नेपालीहरु जस्ता ईमान्दार र मेहेनती छन ? सक्छौ देखाउन ?

बिदेश जाने नेपाली, कमाउने नेपाली, प्रतेक बर्ष नेपाल भ्रमण गर्ने नेपाली, बिदेशी पर्यटकले भन्दा ५० गुना नेपाल आउँदा बढि खर्च गर्ने नेपाली, नेपालमा बिजेनेस ब्यापार फष्टाईदिने नेपाली, लगानी गर्ने नेपाली, आईफोन, आईप्याड ल्याईदिने नेपाली, आपत बिपत पर्दा बिदेशबाट पैसा नेपाल पठाई दिने नेपाली, नेता, कलाकार, नेपालका पत्रकार आउँदा समय नहुँदा पनि समय निकालेर सत्कार गरिदिने नेपाली, अनि नेपालीले अमेरिकामा बसेर नेपालको बारेमा चासो राख्न नपाउने ?? स्टोरमा कामगर्ने, भात खाएर अमेरिकामा बस्ने नेपालीहरुले नेपालमा बसेर देश बिगार्नेलाई लात हान्ने अधिकार पनि छ, नेपाली चाहे जुन सुकै देशमा किन नबसुन उनिहरुलाई देशको राजनिती, आर्थिक, सामाजिक वा अन्य कुनै पनि बिषयमा सरोकार राख्ने अधिकार पनि छ ।

स्टोरमै कामगर्ने नेपालीले पैसा उठाएर भुकम्प पिडितहरु देखि बाढि पिडितहरुलाई लाखौं डलर पठाएको पनि भुलेछन किशोर दा ले । स्टोरमै कामगर्ने नेपालीले नेताहरुलाई अमेरिकामा आउँदा सम्मान दिंदै नेताहरुको संधै नाक बचाई दिने नेपालीहरुलाई पनि भुलेछन किशोर दा ले, किनकी प्राय जसो नेपालका नेताहरुले अमेरिकाको कुनै प्रतिनिधीहरुलाई भेटने मौकै पाउँदैनन केबल दिनभर स्टोरमा काम गर्ने नेपालीहरु बाहेक ।

बरिष्ठ पत्रकार किशोर दा आँफुनै आउदा हामी दिनभर स्टोरमै काम गर्ने नेपालीहरुको घरमा टन्न २ थाल भात खाएर नेपाली मिडियालाई अन्तरवार्ता दिएको पनि भुले छन किशोर दा ले । किशोर दा लाई एउटा अनुरोध ठिकै छ दुई थाल भात खाएर स्टोरमा काम गरि दिनभर घण्टा हानेर कामाउने नेपालीप्रती तिमीलाई घृणा छ भने अब अर्को पटक तिम्रो अमेरिकामा सैर हुँदा अमेरिकनको घरमा बसेर बर्गर खाएको हामिलाई हेर्न मन छ ।

त्यो दिन तिमीलाई भेटन आउँदा टिपिकल नेपाली खाना दाल र भात लिएर स्टोरमा कामगर्ने नेपालीहरु स्वागत गर्न आउने छौ र हामि त्यहि दिनको प्रतिक्षामा छौं ।

किशोर नेपालले अमेरिकामा बस्ने नेपालीहरुलाई अपमानित गरेर लेखेको लेख यो लिंकमा गएर हेर्नुहोला >>

http://bit.ly/2ySzfHa

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...