Sunday, October 29, 2017

बाइस जनाको शव सप्तरी आइपुग्यो

राजविराज, १२ कात्तिक: राजविराजबाट काठमाडाँैतर्फ जाँदै गरेको ना६ख १४६७ नंको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये २२ जनाको शव आज सप्तरी ल्याइएको छ ।

उक्त दुर्घटनामा परेर मृत्यु भएका ३१ जनामध्ये २४ जना सप्तरीका बासिन्दाको शव फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । अन्य दुईजना अझै बेपत्ता छन् । शव परिवारको जिम्मा लगाइएको र आजै अन्त्येष्टि गरिएको सिंहले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...