गत राती अक्टोबर १ तारिख क्यालिफोर्निया राज्यको लस भेगास को राती १० बजेको समय तथा अमेरिकाको पूर्वीय समय राति १ बजे बन्दुकधारी द्वारा अन्धाधुन्द गोलि चलाउदा २० को मृत्यु, एक सय जना भन्दा ज्यादा घाइते भएका छन् l
उक्त ब्यक्ति ३२ औ तला मा भएको प्रहरीले जनाएको छ भने प्रहरीका अनुसार जवाफी कारवाहीमा आक्रमणकारी पनि मारिएका छन् । जुन बेलामा बन्धुक चल्यो त्यो समयमा अमेरिकन लोक संस्कृति गीत का प्रख्यात गायक जेसन एलडिन प्रस्तुत गरि रहेका थिए l
दर्शकहरु भाग दौड मच्चिएको थियो भने कहाँ बाट कसरी र कसले बन्दुक चलायो भनि आश्चर्य बनएका थिए l उक्त सांगीतिक प्रत्यक्ष प्रसारण कार्यक्रम लस भेगास को मनडलाय बे ह्ताल्मा कार्यक्रम भै रहेको थियो l
उक्त कार्यक्रममा कैयौ प्रहरी अधिकारीहरु पनि हेर्न उपस्थित रहेका थिए प्रहरी पनि घाईते भएको समाचार ले जनाएको छ l एलडिनले गीत गाई रहेको समयमा पडका को आवाज जस्तो सुनिएको ले एक छिन् संगीत रोकिएको थियो तर फेरी बन्दुक चले पछि भाग दौड मच्चीएको थियो l
लस भेगास प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको र घटनास्थल वरपरको क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पछि लस भेगासका केहि राजमार्ग आंशिक रोकिनु को साथै म्याक क्यारन हवाई अड्डा को अस्थाई रुपमा रोकोएको थियो l
No comments:
Post a Comment