Sunday, October 29, 2017

सेन्ट लुइस मिजौरीमा महाकवी देवकोटाको १०९ औं बिशेष कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्यापटरको आयोजनामा माहाकवी देवकोटाको १०९ औं जयन्ती गत अक्टूबर २८, २०१७ सेन्ट लुइस मिजौरीमा बिशेष साहित्यिक कार्यक्रमहरु सहित सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अध्यक्ष मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो भने बि शेस अतिथि डा बिष्णु देवकोटा हुनु हून्थ्यो । कार्यक्रममा महाकवी देवकोटाको तस्बीरमा माल्यार्पण , दीप जलन , राष्ट्रीय गान, माहाकवी देवकोटाको संक्षिप्त परिचय – जीवनी, नेपाली साहित्यमा वहाँको बिशीष्ट योगदानको बर्णन, वहाँको गीत गायन , देबकेटाको “पागल” कबीताको नाटक देखाईनुको साथै थुप्रै सहभागीहरूले आ-आफ्नो रचनाहरू पढेका थिए l

उक्त कार्यक्रममा मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा भन्नुको साथै यस संस्थाका केन्द्रीयअध्यक्ष पदम विश्वकर्माको “कार्यक्रमको सफलताको लागि शुभ कामना सन्देश र वहाँको रचना साथै क्यानस सोसाइटीकी कवयित्री कमला न्यौपानेले पठाउनु भएको रचना पनि पढनु भएको थियो।

सहभागीहरूको स्वागत छन्द कबीताबाट गर्दै कार्यक्रम कवि बलराम गर्नु भएको थियो l च्यापटरकि अध्यक्ष उर्मिला निर्दोषीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन र सबैलाई जलपान समारोहमा सहभागी हून अनुरोध गर्नु भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...