Saturday, October 28, 2017

दुनियाँ नै चकित पार्दै भायोलिन मै ‘DESPACITO’ को कभर यसरी बजाए यी साना बालकले [ भिडियो ]

पिएनपिखबर, भक्तपुर। पछिल्लो समय बिद्यार्थीहरु इन्टरनेटमा झुम्मेर आफ्नो समय व्यतित गर्ने गरेका छन । तर भक्तपुरको बालकोटमा दुइ यस्ता प्रतिभावान बिद्यार्थीहरु छन जो फुर्सदको समयमा शान्त वातावरणमा बाँसुरी र भायोलिन बजाएर आफ्नो फुर्सदको समय व्यतित गर्छन । १३ बर्षीय अमीर खड्का र प्रसन सिटौला कक्षा ७ मा अध्ययनरत छन तर अध्ययन र संगीतको क्षेत्रलाई समान रुपमा अगाडी बढाइरहेको छन ।

संगीतमा रुची राख्ने प्रसन सिटौला सानै बेलादेखि बाँसुरी बजाउन रुची राख्थे । बाँसुरी एक प्रकारको बाजा हो जसलाई मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । नेपाली लोकगीतमा धेरै प्रयोग हुने बाँसुरी बाजा निकै प्रख्यात छ । परापूर्वकालमा पनि यसको निकै प्रयोग थियो । विभिन्न बाजागाजामा बाँसुरीको प्रयोग अनिवार्यजस्तै छ । बाँसुरी, मुरली नामबाट धेरै गीत, भजनहरूसमेत बनेका छन् । बिद्यालयमा संगीतको कक्षा लिइरहेका प्रसन भविष्यमा सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन चाहन्छन।

अमिर खड्का संगीतको क्षेत्रमा बालापन देखि नै रुची राख्थे । भायोलिन बजाउन रुचाउने उनी नयाँ नयाँ गीत खोजीखोजी भायोलिन मार्फत संगीतसँग जोदिरहेका हुन्छन । भायोलिन विश्वकै सबैभन्दा लोकप्रिय बाद्ययन्त्र मध्य एक हो जसको प्रयोग पाश्चात्य संगीत देखि लिएर हरेक प्रकारको संगीतमा हुन्छ तारवाला बाद्ययन्त्र( सारंगी,सितार आदि) मध्य भायोलिन सबैभन्दा छोटो तर उच्च तारत्ववाला बाद्ययन्त्र हो । भविष्यमा संगीतको विधामा नै पीएचडी गर्ने सोच राखेका अमिर नेपाली सांगीतिक क्षेत्रमा भायोलिनलाई प्रख्यात र लोकप्रिय बनाउन चाहन्छन ।

नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेका यी दुइ बालप्रतिभा सम्पूर्ण विद्यार्थीको लागि उदाहरणीय पात्र बनेका छन । फुर्सदको समयमा समेत सांगीतिक क्षेत्रको नयाँ नयाँ विषयवस्तु खोजिरहने यी प्रतिभा पक्कै पनि भविष्यमा एक उच्च व्यक्तित्व बन्नेमा कुनै दुइमत छैन ।

हेर्नुहोस भिडियोमा अमिर र प्रसनसँग गरिएको कुराकानी :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...