Thursday, November 2, 2017

प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत

काठमाडौँ, १६ कात्तिक : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुहुने भएको छ ।

पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ ।

पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसक्नु भएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...