Friday, November 24, 2017

राजतन्त्रको वकालत गर्ने परिवर्तनगामी हुन सक्दैन् ः सिटौला

भद्रपुर, ८ मंसिर  ः नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले घोषणापत्रबाट राजा हटाउन नसक्ने पार्टीका उम्मेदवार गणतन्त्रको पक्षधर हुन नसक्ने बताउनुभएको छ ।

चुनावी सभाअन्तर्गत झापाको भद्रपुरस्थित सगरमाथा चौकमा आयोजित कोण सभालाई आज सम्बोधन गर्दै नेता सिटौलाले राजतन्त्रको वकालत गर्ने अनि परिवर्तनगामीको प्रतिनिधि हुँ भनी भ्रम छोड्ने गणतन्त्रको पक्षधर हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली राजनीतिको परिवर्तनगामी इतिहास बोकेको झापा क्षेत्र नं ३ को माटोले परिवर्तन विरोधीलाई स्वीकार नगर्ने भन्दै सिटौलाले उम्मेदवार नभएका वामपन्थी मतदाताको प्रतिनिधि बन्न आफू इमान्दार भएर जनताको माझ आएको बताउनुभयो ।

यसैगरी, प्रदेशसभाअन्तर्गत क्षेत्र नं ३ को ‘२’ का उम्मेदवार भगिरथ पोदारले ग्रामीण इलाकाका रुपमा रहेको आफ्नो क्षेत्रको विकासका लागि सडक, कृषि, शिक्षा र स्वास्थ्य सेवाको विकास पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...