चितवन, १७ कात्तिक । अन्तराष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक जितेका राप्ति नगरपालिका ७ निवासी अमृत महतोको जन्मदिनमा रत्ननगरस्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिएको छ ।
हाल अमेरिकामा ब्यवसाय गर्दै आएका महतोको २९ औ जन्मदिनको अवसरमा महतोका परिवार केन्द्रमै पुगि नगद सहयोग गरेका हुन । शुक्रबार केन्द्र परिसरमा एक कार्यक्रमका बीच महतोका बुवा रामदिन महतो र आमा मगरि महतोले मिठाई,चाउचाउ र केन्द्रका अध्यक्ष केपि किरण शर्मालाई नगद रु ५० हजार हस्तान्तरण गरेका हुन ।
सञ्चारकर्मी राजन दिल गुरुङमार्फत केन्द्रको बारेमा थाहा पाएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रका बालबालिकाका लागि सो रकम सहयोग गरिएको अमृतका बाबु राम दिन महतोले बताए । उनले सहयोगी मनका छोरा अमृत र उनले बाल्यकालमा भोगेको दुख स्मरण गर्दै आगामि दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
केन्द्रका अध्यक्ष शर्माले दाताहरुबाट आउने सहयोगबाटै केन्द्र चलिरहेको बताउदै कुनै बेला बिहान बेलुका छाक टार्न समेत समस्या पर्ने बताए । मागेरै चेपाङ बालबालिकाहरुका लागि दुख गरिरहेको उनले बताए । सहयोग हस्तान्तरणका लागि अमृतका भाई निरज महतो, बुहारी सुस्मा महतो लगायत परिवार केन्द्र परिसरमै पुगेका थिए ।
अमृत हाल अमेरिकाको लस एन्जलसमा होटल ब्यवसाय गर्दै आइरहेका छन । तेक्वान्दोका अब्बल खेलाडि उनले २०१४ मा अमेरिकाकै क्यालिफोर्नियामा सम्पन्न अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
No comments:
Post a Comment