Tuesday, November 28, 2017

यिनै हुन् भगवान् बराल जसको टाउकोमा लुटेराहरुले बन्दुक पड्काएका थिए,अहिले यस्तो भए(अन्तरबार्ता)

ओएसनेपाल, पोखरा- तिन बर्ष अगाडी मेगा सहकारीको भवन न्युरोड पोखरामा लुटेराद्वारा गोलि लागि माराणासन अवस्थामा घाईते भएका थिए पुम्दी भुम्दी पोखराका भगवान बराल ।यति डेभलपमेन्ट बैंक पोखरा न्युरोड शाखामा कार्यरत बराल लाई २०७१ साल बैसाख १५ गते आफ्नो बैंकको कारोबारको रकम लिन भनि मेघा सहकारी पुगे, ब्रिफकेसमा ३१ लाख पैसा बोकेर भर्यांग झर्दै गर्दा भगवान माथि लुटेरा हरुको समूह आई गोली प्रहार गर्यो र पैसा लुटेर गयो ।

फिस्टेल, मणिपाल हुदैँ न्युरो हस्पिटल काठमान्डौ पुर्याईएका बरालको बाँच्ने आश सबैले मारेका थिए, भगवान नाम गरेका बराल भगवान जस्तै गरि बाँचेर फर्किए, जब उनको टाउकोमा बन्दुक राखी लुटेराहरुले बन्दुक पड्काएका थिए ।

करिब एक बर्ष अस्पतालको शैयामा उपचार गरेर भगवान् बाच्न सफल भए र उनि पोखरा पुम्दी भुम्दी स्थित आफ्नो निवासमा आईपुगे । तिन तिन महिनामा काठमाण्डौ, दिन बिराएर पोखरामा फिजियोथेरापी र हप्ता हप्तामा पोखरा जचाउने गरिरहेका भगवानको विस्तारै स्वास्थ्यमा सुधार हुदैँ गयो र हाल उनि व्हिलचेयरको सहायताले यताउति गर्छन । एक्लै ज्यान धान्न नसक्ने बरालका दाइने पट्टिको हर चल्दैन र उनि आफ्नो देब्रे आखाँ देख्दैनन, यद्यपी अहिले उनि सानो व्यवसायमा लागेका छन्.हामी उनको घरमा पुगेर उनको अवस्था र उनको व्यवसायको बारेमा कुराकानी गरेका छौ.हेर्नुहोस भिडियो यस्तो अवस्थामा छन् उनि

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...