Monday, November 6, 2017

काभ्रे प्रहरीले बढायो सुरक्षा सतर्कता

२० कात्तिक, काभ्रे । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसंगै काभ्रे प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

काभ्रे प्रहरीले सम्भावित आपराधिक गतिविधिलाई निस्तेज पार्न लाइसेन्स लिएर व्यक्तिले राखिराखेका हतियार खोजतलासलगायतका कार्यलाई तीव्रता दिएको हो । प्रहरीले ५ हतियार नियन्त्रणमा लिइसकेको जनाएको छ ।

 

काभ्रे जिल्ला प्रशासनबाट १९ वटा हात हतियार यो वर्ष नवीकरण भएकोमा प्रहरीले ५ हतियार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेका अनुसार नवीकरण गरिएका १९ हतियारमध्ये ९ वटा व्यक्तिगत र दश वटा जिल्लामा रहेका वैंकहरुको हो । राजनीतिज्ञ, पूर्व प्रहरी अधिकृत र केहि व्यवसायिहरुले हतियारको स्वीकृति लिएका छन् ।

देशभर रहेका जिल्ला प्रशासनबाट नवीकरण गर्न सकिने व्यवस्था भएकाले काभ्रेमा कति वैधानिक हतियार छ भन्ने तथ्यांक संकलन गर्न नै समस्या भएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले केही दिनभित्रमै जिल्ला प्रशासन कार्यालय काभ्रेमा नवीकरण भएका हतियारको खोजी कार्य सकिने जानकारी दिए ।

वैधानिक हातहतियार: मात्रै होइन निर्वाचनमा हुन सक्ने हातहतियारको प्रयोगको विशेष निगरानी गरिने जानकारी समेत उनले दिए । थापाका अनुसार, जिल्लाका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ ।

‘गुण्डागर्दी र राजधानीका गुण्डाहरुको जिल्लामा हुने चहलपहललाई हामीले विशेष निगरानी गरेका छौं’, उनले भने, ‘चुनावलाई शान्तिपुर्ण सम्पन्न गर्न विशेष सुरक्षा योजनाका साथ अगाडि बढेका छौं ।’

राजधानीका चर्चित गुण्डा नाइके गणेश लामा आफैं काभ्रेबाट प्रदेशसभाको उम्मेदवार बनेपछि प्रहरीले विशेष सतर्कता बढाएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...