Thursday, November 30, 2017

‘ह्याप्पी न्यु ईयर’ पौष १४ गतेबाट देशभर प्रदर्शनमा…

अंग्रेजी नयाँ वर्ष २०१८ लाई मध्य नजर गरेर डिसेम्बर २९ अर्थात पौष १४ गते फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्म देवकुमार श्रेष्ठको  निर्देशनमा बनेको हो

। फिल्ममा अभिनेता कुशल थापा, पुकार गौतम ,संध्या केसी,  इश्वर थापा, पदम शाक्य,सुजता केसी,मुक्ति रोक्का लगायतका कलाकारको मुख्य अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...