Saturday, November 4, 2017

भर्जिनियाका प्रहरी माथि रक्सि खाएर गाडी चलाएको आरोपमा पक्राउ

रक्षक नै भक्षक ! शान्ति ,सुरक्षा अमन चयन कायम गर्ने प्रहरी स्वयम ले मादक पदार्थ खाई सवारी साधन चलाउदा पक्राउ परेका छन् l कुरा अमेरिकाको भर्जिनियाको राजधानी रिचमण्ड मा घटेको छ l

उनि हाल प्रशासनिक छुट्टीमा छन l रिचमण्ड टाइम्स पत्रिकाले जनाए अनुसार ४३ बर्षिय पाउल एफ ले दोषी पाईएमा एक बर्ष सम्म कारागार जान सक्ने छन् l उनले जरिवाना स्वरुप कम्तिमा $ २ सय ५० डलर देखि $ २५ सय डलर सम्म तिर्नु पर्ने छ l उनीलाई गत बुधबार राती १ बजे पहिला पक्राउ गरिएको डब्लुटिओपि मा समाचार छ l

प्रहरी प्रवक्ता जिन लेप्ले का अनुसार उनि १९९९ देखि प्रहरी बिभागमा काम गरेको बताएका छन् l उनि दोषी पाईएमा उनको यो पहिलो उल्लङ्घन हुने छ l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...