Thursday, November 2, 2017

ताम्राकारको स्कुटर बुद्धनगरका रमेश तण्डुकारलाई १७ हजारको मोबाइलले चढायो स्कुटर

२०७४ कार्तिक १६ गते बिहिबार

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए । ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । ताम्राकारको दशैं तिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए । यो पटकको मेला सफल बनेको बताउँदै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुका वीच ताम्राकार मोबाइल बजारले अझ बिश्वास बढाएको विचार ब्यक्त गरे ।

आफ्नो परिवारमा आबश्यक पर्ने सबै मोबाइल ताम्राकार बाटै किनेको बताउने स्कुटर बिजेता तण्डुकारले ताम्राकार बजार नै सबैभन्दा बढी बिश्वासिलो बजार भएको बताए ।


लेनेभो र मोटोरोलाले मुख्य प्रायोजन गरेको मोबाइल महोत्सबमा मोटोरोला मोबाइलले ऐतिहासिक कारोबार गरेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले मेला अबधीभरमा लेनेभोको र मोटोरोलाका २ हजार भन्दा धेरै सेटको कारोबार भएकोे जानकारी दिए ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...