.. आफ्नो घडिमा ठिक समय मिलाउन नभुल्नुहोला है।
भोलि नोभेम्बर ५ तारिखका दिन अमेरिकामा बसोबास गर्ने हामी सबैले आ-आफ्नो घडीमा सहि समय मिलाउन नभुलौं।
हो, अमेरिकामा हरेक बर्ष हुने Day Light Saving Time अनुसार यस बर्षको समय भोलि देखि समाप्त हुँदैछ। अब हिजो अस्तिको समयमा हामीले १ घण्टा ढिलो गरि फेरि समयलाई फर्काउनु पर्नेछ। जब आइतबार बिहानको २:०० बजेको हुन्छ हामीले आ-आफ्नो घडीको सुईलाई पछाडि सारेर १:०० मा मिलाउनु पर्ने हुन्छ र सोही अनुसार अर्को नयाँ बर्ष २०१८ सालको Day Light Saving Time शुरु नहुन्जेलका लागि अब उप्रान्त यहि समयानुसार नै आ-आफ्नो दैनिकी संचालन गर्नुपर्ने हुन्छ।
जसलाई साधारणतया अमेरिकीहरुले “fall back,” पनि भन्ने चलन छ। प्राय: सधैं अत्यन्तै ब्यस्त रहने अमेरिकी जिवनशैलीमा एक घण्टा थप मस्तले सुत्ने वा थकान मेटाउन पाउने यो पललाई प्राय: सबैले रमाइलो मान्छ्न भने कतै बिबादित पनि हुने गरेको पाईन्छ।
यसको इतिहास पल्टाउँदा, सन् १७८४ तिर बेन्जामिन फ्रान्क्लिनले आफ्नो एक निबन्ध मार्फत यदि बिहान् सवेरै उठ्न सकेको खण्डमा धेरै मैनबत्तीहरुको खपतबाट धेरै रकम बचत हुने बताएका थिए, यसरी नै इन्धन र धनको निकै खपत हुने भएकोले अमेरिकामा पनि यो प्रचलनको शुरुआत सन् १९१८ बाट भएको मानिन्छ।
इन्धन र श्रोतलाई बचत गर्ने उद्देश्यले पहिलो विश्व युद्ध ताका सन् १९१६ तिर सबै भन्दा पहिले आधिकारिक रुपमा जर्मनहरुले यसको शुरुआत गरेका थिए भने अमेरिकाले सन् १९१८ देखि मात्र यसलाई प्रचलनमा ल्याएको देखिन्छ। संसारभरको करिव ७० जति मुलुकमा यस्तो प्रचलन भएको पाईएता पनि अमेरिका कै अरिजोना र हवाई राज्य र केही शहरहरुमा यो पाईदैन।
विभिन्न समयकाल र उतारचढावहरु गर्दै सन् १९६६ मा अमेरिकामा कानुन नै बनाई लागू भएको Daylight Saving Time हरेक बर्ष मार्च महिनाको दोश्रो आईतवारबाट शुरुआत हुने गर्दछ भने नोभेम्बर महिनाको पहिलो आइतबार अन्त्य हुने गर्दछ। जस अनुसार गत मार्च १२ तारिखबाट एक घण्टा छिटो शुरु भएको समय भोलि आइतबार नोभेम्बर ५ तारिखमा अन्त्य हुँदैछ।
सृजन ताम्राकार, बाल्टिमोर
No comments:
Post a Comment