Saturday, November 25, 2017

लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड

काठमाडौं, ९ मंसिर। स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन-सू अवार्ड जितेका छन् ।

 

गत सिजन युरोपियन क्षेत्रको लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाकै खेलाडी लुइस स्वारेजले बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू प्रदान गरेका हुन् ।

मेस्सीले गएको सिजन ला लिगामा ३७ गोल गरेका थिए । यो युरोपका प्रमुख लिगमा कुनै खेलाडीले गत वर्ष गरेको सर्वाधिक गोल हो । मेस्सीले चौथो पटक गोल्डेन–सू अवार्ड जितेका हुन् ।

रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले पनि चारपटक नै यो अवार्ड जितिसकेका छन् । अघिल्लो वर्ष भने यो अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले जितेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...