खोलेसिमल, चितवन १८ कार्तिक ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको १९औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका सभापति लिला बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष बिनोद खतिवडाले आर्थिक प्रतिवेदन र सचिव भिम प्रसाद खनालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, विशिष्ट अतिथि एवम् नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, कालिका वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, अर्बिट इङ्गलिस बोर्डिङ्ग स्कुलका प्राचार्य भिमराज कंडेल, सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका सचिव भिम प्रसाद लामिछाने, सुदर्शन अधिकारी, नारायण प्रसाद कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष शितल काजी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संस्थाकी सहसचिव मञ्जु सिंखडाले रेडक्रसको सात सिद्धान्त वाचन गरेकी थिइन् ।
संस्थाले विभिन्न मानवीय र सामाजिक सेवाहरु गर्दै स्थानीय स्तरमा सहयोग पु¥याएको छ । भुकम्प पिडित, बाढीपिडित, आगजनी पिडित एवम् विभिन्न विपत्मा परेकाहरुलाई सहयोग गर्दै आएको यस संस्थाले रक्तदान कार्यक्रम, दन्त शिविर लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै स्थानीय स्तरमा निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।
No comments:
Post a Comment