Thursday, November 2, 2017

प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ, १६ कात्तिक ः प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ ।

प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले
जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...