Sunday, November 5, 2017

टेक्ससमा अध्ययनरत नेपाली बिद्यार्थी ज्वाला कार्कीलाई ८ गोली प्रहार ,उनि खतरा मुक्त(खुलेर सहयोग गरौ)

 

टेक्सस राज्यको ड्यालस स्थित एल सेन्ट्रो कलेजमा अध्यनरत नेपाली बिद्यार्थी ज्वाला कार्कीलाई गत अक्टोबर २९ तारिख राती अश्वेत बन्दुक धारीले ८ गोलि चलाउदा पनि उनि चमत्कारिक रुपमा खतरा मुक्त रहेकी छिन् l

ज्वाला कार्की चौथे १४ पोखरा कि हुन् l उनि काम बाट आफ्नै कोठामा बाहिर आएर संगै बस्ने साथि लाई आफ्नो कोठाको साँचो नभएकोले आफु लुगा धुने कोठामा बस्छु भन्दै गर्दा एक करिब १५ बर्षिय युवाले उनि तर्फ बन्दुक देखाउदै उनको मोबाइल (भ्रमण ध्वनि ) र मुद्रा थैली (पर्स ) माग्ने क्रममा उनलाई गोलि प्रहार गरेको थियो l

उनि आफ्नो आफ्नै धुनमा साथी संग घुम्ती (सेल फोन )मा कुराकानी गर्दै गर्दा के भएको हो भन्ने अलमल हुदा उनलाई जथाभाबी गोलि लागि हाल उपचारको लागि डालस स्थित पार्कलेन्ड अस्पतालमा भर्ना भएकी छिन् l

उनि उक्त युवा अश्वेतले जिस्केको होला भन्ने ठान्दा र उक्त केटा लाई हेर्दै बोल्नु भन्दा अगाडी नै छातीमा १ गोलि प्रहार गर्यो l र उनले कराउदै सहायता माग्दा माग्दै लगातार सबै ८ गोलि प्रहार गर्यो l र उनि लुगा धुने कोठामा रक्तपात भै ढलिन l तर भाग्यबस कुनै पनि गोलि घाटी माथि लाग्न सकेन l

हाल उनको शरीरमा १५ वटा प्वाल छन् भने ८ वटा गोलि मध्ये २ वटा तिघ्रामा ,१ गोलि छातीमा ,२ वटा स्तनमा , १ गोलि देब्रे कुममा र अर्को १ गोलि दाहिने कुमको पछाडी लागेको छ l

जथाभाबी गोलि प्रहारको सिकार भइ उपचारको क्रममा डालस स्थित पार्कलेन्ड अस्पतालमा भर्ना भएकी छिन् l उनि त्यस्तो अवस्थामा पनि भुई भरि उनको रगत देखे र गन्ध आएता पनि हिम्मत हारिनन l जब सम्म चिकित्सकले उनको शरीर बाट दुई वटा गोलि न निकालुञ्जेल आँखा बन्द गरिनन् l

उनिलाई एक फिलिपिनो र मेक्सिकन मानिसले ९११ मा प्रहरीलाई खबर गरि दिएको कारण उनि आज खतरा बाट मुक्त भएकी छिन् l चिकित्सकहरुको अथक प्रयास बाट खतरा मुक्त भएता पनि उनको कम्मर बाट गोलि छिरेको छ भने सानो आन्द्रामा घाउ भएको र उनको छातीमा कृतिम चेस्ट ट्युब ( वक्ष नली )उपकरण जडान गरिएको छ l

ज्वालाको स्वास्थ अवस्था उपचारमा खटिएका स्वास्थकर्मीहरुका अनुसार उनीलाई निकै समय आराम गर्नु पर्ने रहेको छ l उनि अहिले बिद्यार्थी प्रवेश आज्ञामा छिन् l

अहिले सम्म बन्दुकधारीलाई प्रहरीले समाउन सकेको छैन l चिकित्सकहरुका अनुसार यस्तो घटना र जीवित हुने बिरलै हुने बताएका छन् l चिकित्सकहरुले उनको बाच्ने स्वेच्छा ,दृढ संकल्प र साहस को कारण बिजयी प्राप्त गरेकी हुन् भनि भनेका छन् l

एउटा नेपाली बिद्यार्थीको पुनर्जीवन र उपचार खर्चको लागि खुलेर सहयोग गरौ

सहयोग गर्न चाहने ले यसमा थिच्नु होला : 

http://bit.ly/2zgr8SA

http://bit.ly/2y4xYJt

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...